एजेन्सी ०७ चैत २०८१ / ट्रम्प अर्गनाइजेसनले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतमा नयाँ व्यावसायिक टावर परियोजनाको घोषणा गरेका छन्। ट्रम्प अर्गनाइजेसन र यसका स्थानीय रियल इस्टेट सहयोगीले भारतमा रियल इस्टेटको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।
भारतमा पहिले नै ट्रम्पको नाममा आवासीय भवनहरू छन् र स्लेटमा थप परियोजना भएको यो परियोजनाले भारतलाई उनको पारिवारिक व्यवसायको लागि अमेरिका बाहिरको सबैभन्दा ठूलो बजार बनाएको छ।
भारतीय साझेदार ट्रिबेका डेभलपर्सले रियल स्टेट फर्म कुन्दन स्पेसेससँगको साझेदारीमा पश्चिमी भारतीय शहर पुणेमा नयाँ ‘ट्रम्प वल्र्ड सेन्टर’ विकास गर्ने घोषणा गरेको छ।
यो परियोजना १६ लाख वर्गफिटभन्दा बढी क्षेत्रफलमा फैलिएको छ भने २८ करोड ९६ लाख अमेरिकी डलरभन्दा बढी को बिक्री हुने अपेक्षा गरिएको छ भने यसमा ‘२७ तलाभन्दा बढी अफिस स्पेस भएका दुई आइकोनिक ग्लास टावर’ हुनेछन्।
ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष तथा अमेरिकी राष्ट्रपतिका दोस्रो छोरा एरिक ट्रम्पले वक्तव्यमा भारतले ‘उल्लेखनीय उत्साहका साथ ट्रम्प ब्रान्डलाई अँगालेको’बताएका छन्। “धेरै प्रतिष्ठित आवासीय परियोजनाहरूमा हाम्रो सफल सहयोग पछि, हामी भारतमा हाम्रो पहिलो व्यावसायिक विकास सुरु गर्न पाउँदा गौरवान्वित छौँ,” उनले भने।
अमेरिकी राष्ट्रपति पारिवारिक कम्पनीको व्यवस्थापनमा संलग्न हुनु्हुन्न तर ट्रम्प अर्गनाइजेसनको विदेशी व्यापारिक लेनदेनले सम्भावित स्वार्थको टकरावबारे आलोचना गरेको छ। सन् २०१८ मा ट्रम्प अर्गनाइजेसनका स्थानीय साझेदारहरूले राजधानी नयाँ दिल्लीबाहिर विलासिताको विकास गर्ने जो कोहीलाई पनि स्वागत गर्ने वाचा गरेपछि उनका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले भारत भ्रमण गरेका थिए।

