fbpx

काठमाडौँ ०८ चैत २०८१ / फ्रान्सले युरोपेली नेसन्स लिगमा हार व्यहोरेको छ । क्वाटरफाइनलको पहिलो लिगमा क्रोसियाले फ्रान्सलाई स्तब्ध बनाएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ ।

क्रोएसियाको जितमा एन्टी बुदिमिर र इभान पेरिसिकले समान एकएक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमै सम्भव भएको थियो । दोस्रो हाफमा थप गोल हुन सकेन । फ्रान्सले पहिलो टोली नै मैदानमा उतारेको थियो तर क्रोएसियाको मैदानमा निरीह सावित भयो ।

त्यस्तै क्वाटरफाइनलको अर्को खेलमा डेनमार्कले पोर्चगललाई १-० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै नेदरल्याण्डस र स्पेनले २-२ गोलको बराबरी खेलेका छन् भने जर्मनीले इटालीले २-१ ले जितेको छ ।