fbpx

काठमाडौँ ११ चैत २०८१ / ईदको अवसरमा आगामी आइतबार रिलिज हुने एआर मुरुगादास निर्देशित सलमान खान र रश्मिका मन्दाना स्टारर बलिउड फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक भएको छ ।

एक्सन र रोमान्सले भरिपूर्ण यो फिल्ममा सलमानले आफ्नो ड्यासिङ अवतारले दर्शकको मन जितिरहेका छन् । ३ मिनेट २७ सेकेण्डको ट्रेलरमा सलमान देशका रक्षक बनेका छन् । आइतबार रिलिज हुने यो फिल्मलाई लिएर फ्यान उत्साहित छन् ।

भ्रष्टलाई बाटोबाट हटाउनेदेखि मान्छेको मन जित्ने कार्य गर्ने चरित्रमा सलमान देखिएका छन् । रश्मिकाको पात्रको मृत्युपछि भने यो पात्र हिंस्रक बन्दै गएको देख्न सकिन्छ ।

आइतबार नाडियावाला ग्यान्डसन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता सलमानको एक्सन देख्न सकिन्छ। फिल्मको ट्रेलर सुरुमा ३० हजार फ्यानसहित भव्य कार्यक्रममा सार्वजनिक गर्ने भनिएको थियो । तर सलमानको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै त्यो रद्द गरिएको थियो ।

त्यसपछि केही मान्छेको उपस्थितीमा ट्रेलर रिलिज गरियो । कार्यक्रममा सलमानका पिता सलिम खान पनि पुगेका थिए । ‘सिकन्दर’ आइतबार आउँदैछ । ‘टाइगर ३’ पनि आइतबार पनि रिलिज भएको थियो, जसले बक्सअफिसमा खासै व्यापार गर्न सकेन । एआर मुरुगादासको यो फिल्म सुपरडुपर हिट हुनेछ भन्नेमा दर्शकलाई आशा छ ।

(446) SIKANDAR Official Trailer – Salman Khan, Rashmika | Sajid Nadiadwala | A.R. Murugadoss | 30th March – YouTube