काठमाडौँ १२ चैत २०८१ / नेपालले एसियन कप छनोट अन्तर्गतको खेलमा आज मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा प्रतिस्पर्धा मलेसियासँग गर्दैछ। नेपाल र मलेसियाले आज नेपाली समयअनुसार साँझ ७:४५ मा खेल्ने तालिका रहेको छ।
एसियन कप छनोटको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल र मलेसिया समूह एफमा छन्। फिफा वरियताअनुसार नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग नेपालले आज खेल्नेछ।
यसअघिको हेड टु हेड हेर्ने हो भने हालसम्म मलेसियालाई नेपालले हराउन सकेको छैन। यी टोलीले हालसम्म ७ पटक एकअर्काको सामना गरेका छन्। जसमा मलेसिया ६ पटक नतिजा मलेसियाको पक्षमा आएको छ।


