काठमाडौँ १९ चैत २०८१ / सभामुख देवराज घिमिरेले निलम्बन आफूले नगरेकोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार आफूलाई भेट्न आएका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले जानकारी दिएका छन् ।
सभामुखको भनाइपछि लामिछाने बिदा मागेर बाहिरिएका थिए । सभामुखसँगको भेटपछि लामिछानेले आफूलेसँग निलम्बन फुकुवा गरिदिन आग्रह गरेको बताए ।
“संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर, एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रूप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुन सक्ने सम्भावना हुन्छ भन्नुभयो,” बैठकपछि लामिछानेले भने
“संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर, एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रूप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुन सक्ने सम्भावना हुन्छ भन्नुभयो,” बैठकपछि लामिछानेले भने ।
पार्टीको जिम्मेवारीमा फर्किएपछि लामिछानेले सभामुखलाई भेटेर सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेका हुन् । सभामुखलाई भेट्न लामिछानेको साथमा उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार र सचेतक निशा डाँगीसहित सहभागी गिए ।

