
काठमाडौँ ०७ वैशाख २०८२ / नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । गभर्नर बन्ने चर्चाकै भरमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका थिए ।
अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेशी चढेको हो । ६५ वर्षे उमेर हदसम्बन्धी विषय समेटिएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
साथै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारीविरुद्ध पूरक निवेदन समेत परेको छ । पुरानो रिट र पूरक निवेदन दुवैलाई एकसाथ राखेर सुनुवाइ गर्ने तयारी भएको हो ।