
काठमाडौँ ०७ वैशाख २०८२ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार सुनचाँदीको भाउ आज यथावत् रहेको छ । शुक्रवारकै भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।