fbpx

काठमाडौँ १० जेठ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ । सर्वोच्च अदातलते लामिछानेलाई हिरासत मुक्त गर्न अस्वीकार गरेपछि पार्टीमा छलफल गर्न आज रास्वपाले सचिवालय र र केन्द्रीय समिति बैठक बोलाएको हो ।

सचिवालयको आकस्मिक भर्चुअल बैठकले बैठक बसेर उक्त विषयमा छलफल गर्ने निर्णय गरेको हो । आज दिउँसो तीन बजे पुन: सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।

शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ । शुक्रबार सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।