fbpx

काठमाडौँ १५ जेठ / अमेरिकी खर्बपति व्यापारी एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय पूरा भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई संघीय सरकारको सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए ।

जनवरीमा ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेपछि उनले मस्कलाई नयाँ खडा गरिएको सरकारी विभाग सरकारी दक्षता विभाग (डज) को नेतृत्व सुम्पिएका थिए ।

‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएको छ । यस अवसरमा अनावश्यक सरकारी खर्च घटाउने अवसर मलाई दिएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु ।’ बिहीबार एक्सको पोष्टमा मस्कले लेखेका थिए ।