काठमाडौँ १९ जेठ / काठमाडौँ उपत्यकासहित देशका अधिकांश सहरी स्थानमा आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प रहेको छ । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसको प्रत्यक्ष प्रभाव सडकमा प्रस्ट देख्न सकिन्छ ।
अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन चलेका छन् र मुख्य सडकहरू समेत प्राय सुनसान देखिएका छन्। यात्रुहरू हैरान छन् भने सडकहरू रित्तो देखिएको यो दृश्य अनौठो र असामान्य लाग्दछ।तस्बिरहरूमा देखिएझैँ, प्राय जाम रहने काठमाडौंका व्यस्त सडकहरू आज खाली छन् ।
आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेसँगै सर्वसाधारण मर्कामा परेका छन् । अस्पताल जानुपर्ने बिरामीदेखि आफन्त, कर्मचारी, कामदार लगायत मर्कामा परेका छन् ।


