fbpx

काठमाडौँ १९ जेठ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सोमबार (आज) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

आइतबारको तुलनामा आज सुनमा तोलाको एक हजार र चाँदीमा पाँच रुपैयाँ बढेको महासंघले जनाकारी दिएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुन तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँ थियो।

त्यसैगरी चाँदीको मूल्य पनि आज पाँच रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय ८५ रूपैयाँ थियो।