fbpx

काठमाडौँ २० जेठ / बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई सरेको छ। बैठक सञ्चालनका लागि विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ।

सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउनेगरी सहमति बनेपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।