fbpx

काठमाडौँ २० जेठ / मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कान्तिलोकपथ सडक चार दिन बन्द हुने जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ।

प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।