
काठमाडौँ २० जेठ / सभामुख देवराज घिमिरेसँगको प्रमुख चार दलका मुख्य सचेतक र प्रमुख सचेतकको छलफलमा सभामुखको आग्रह अनुसार विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएका छन् ।
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिन सहमत भए सगै विपक्षी दलहरुले गृहमन्त्रीको जवाफपछि के गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक २ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् ।