काठमाडौँ २३ जेठ / दुई एसियाली मुलुक जोर्डन र उज्वेकिस्तानले बिहीबार भएको खेलमा जित निकाल्दै पहिलोपटक फिफा विश्वकपमा स्थान बनाएका छन् ।
यी दुई टोलीले विश्वकपमा स्थान बनाएका हुन् । यस्तै, एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाले पनि आगामी वर्ष हुने विश्वकपमा स्थान बनाएको छ । अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपमा उज्वेकिस्तान र जोर्डनले प्रतिस्पर्धा गर्नेछन् ।
एसियाली छनोटअन्तर्गत तेस्रो चरणको छनोटको समूह ए मा युएईसँग गोलरहित बराबरी खेलेपछि उज्वेकिस्तानले विश्वकपमा स्थान पक्का गरेको हो । उज्वेकिस्तान ९ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ ।
बिहीबारको खेलमा जोर्डनले ओमानविरुद्ध ३–० को सहज जित निकाल्यो । उज्वेकिस्तानले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग गोलरहित बराबरी खेल्दा दक्षिण कोरियाले इराकलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो ।
फिफा विश्वकपको इतिहासमा उज्वेकिस्तान छनोट हुने ८१औँ र जोर्डन ८२औँ नयाँ राष्ट्र हो । योसँगै आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने प्रतियोगितामा छनोट हुने राष्ट्रको संख्या १० पुगेको छ ।
यी तीनबाहेक हालसम्म तीन आयोजकसँगै साविक विजेता अर्जेन्टिना, जापान, न्युजिल्यान्डले इरानले विश्वकपमा स्थान सुनिश्चित गरेका छन् ।

