काठमाडौँ २६ जेठ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा २१ सय ४५ रुपैयाँ कायम भएको चाँदी सोमबार २१ सय ५० रुपैयाँमा कायम भएको हो ।

