fbpx

काठमाडौँ ३० जेठ / इरानको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाए अनुसार इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी)का प्रमुख हुसेन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ। उनी इजरायली आक्रमणमा मारिएका शीर्ष अधिकारीहरूमध्ये एक हुन्।

इजरायली आक्रमणमा प्रमुख सलामीको मृत्युपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमाण्डर–इन–चीफ नियुक्त गरिएको छ। यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिइएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरान रिभोलुसनरी गार्डका कमाण्डर–इन–चीफ हुसेन सलामी, खातम–अल–अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन्।

आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको थियो।