काठमाडौँ १ असार / जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार कैलालीमा आइतबार (असार १) बिहान भारी वर्षा भएको छ । टीकापुरमा मध्यमदेखि भारी वर्षा मापन गरिएको विभागले जनाएको छ ।
उक्त क्षेत्र भई बहने मोहना, खुटियालगायत साना खोलामा बहाव बढ्ने सम्भावना छ । खोलातटीय र होचा क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
कैलाली जिल्लास्थित टीकापुर वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र सो क्षेत्र भई बहने मोहना, खुटियालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय तथा डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउन , विभागको सूचनामा उल्लेख गरेको छ ।

