fbpx

काठमाडौँ ५ असार / मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा दाङको घोराहीमा बढ्दो प्लास्टिकको प्रयोगले वातावरणमा असर परेको भन्दै यसको न्यूनीकरणका लागि दाङका सरोकारवालाबिच छलफल भएको छ ।

घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले प्लास्टिकको प्रयोगकै कारण क्यान्सर जस्ता प्राणघातक रोगीको सङ्ख्या बढ्दै गइरहेकाले नागरिक आफै पनि सचेत हुनुपर्ने बताए । प्लास्टिक प्रदूषण न्यूनीकरणका बारेमा छलफल भएको हो । कार्यक्रममा प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

यस्तै घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख मदनकुमार ओलीले घोराही उपमहानगरपालिकाले साउन १ गते देखि ४० माइक्रो न भन्दा कमका प्लास्टिक प्रयोगमा निषेध गर्न लागेको बताए । प्लास्टिकको झोला प्रयोगलाई कम गर्नका लागि कार्यक्रममा सहभागीहरूलाई कपडाको झोला समेत वितरण गरिएको थियो ।

कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यकारी निर्देशक प्रदीप मज्गैयाँले प्याष्टिक प्रदूषणले पार्ने वातावरणीय तथा मानवीय असरका बारेमा धारणा राखेका थिए ।