काठमाडौँ १० असार / प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति अनुसार शंकरदास वैरागीको नेतृत्वमा सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति समिति बनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यावाद दिएका छन् ।
यसबारे छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियारले गरिरहेको छ। निष्पक्ष रूपले होस् भन्ने हाम्रो अपेक्षा छ। यसको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू छन्। जनताको विषयमा पनि कुरा उठेकोले उनले विगतदेखि नै हुँदा आएको समस्या तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास व्यक्त गरे।

