fbpx

काठमाडौँ १५असार / साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०९ अंकले बढेर २६२५ दशमलव ८४ को विन्दुमा पुगेको छ ।

आइतबार ३२८ कम्पनीका ७४ हजार ७५२ पटकको कारोबारमा एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ रहेको छ ।

३२८ स्क्रिप्सको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँमा खरिदबिक्री भए। एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.९९ प्रतिशतले बढ्दा विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्टको ८.९७ प्रतिशत र माछापुच्छ्रे बैंक डेवेन्चर २०८५ को ८.१० प्रतिशतले सेयर बढ्यो।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५७ करोड मूल्य बढीको सेयर कारोबार भयो। यसैगरी बुटवल पावरको ३४ करोड,युनियन हाइड्रोपावरको २४ करोड,नगदी ग्रुपक २३ करोड र राधी विद्युतको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १८५ स्टक्सको मूल्य बढ्दा ६३ वटाको घट्यो। मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्य समूहको सूचक सकारात्मक देखिएका छन्। यसदिन बैंकिङ समूहको उपसूचक सर्वाधिक २ प्रतिशतले बढ्यो। बैंकिङ,मनु एण्ड प्रो र अदर्श समूहको उपसूचक १ प्रतिशतले बढीले बढ्यो।