fbpx

काठमाडौँ १५असार / काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् । आइतबार बयानका लागि अदालत पुर्‍याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले जेठ ३० गते चोरी आरोपमा पक्राउ गरेको थियो। उनको मुद्दा अनुसन्धान सकेर प्रहरीले बयानका लागि अदालतमा लगेको थियो  । तर शौचालय जाने भनेर हिँडेका उनी फरार भएको एसपी बोहराले बताए। उनका अनुसार शाहीमाथि प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान भएको थियो।