fbpx

काठमाडौँ १८ असार / अध्यक्ष माधवकुमार नेपालबारे केही दिन अघि झाक्रीले गरेको टिप्पणीलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । पार्टीको अनुशासन आयोगबाट बुधबार सोधिएको हो स्पष्टीकरणको म्याद तीन दिनको रहेको पार्टी स्रोतले बताएको छ । झाक्रीले केहीदिनअघि बुटवलमा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललाई भ्रष्टाचार मुद्दा लागेकाले नेतृत्व परिवर्तनको कुरा उठाएकी थिइन्।

काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन अर्ली महाधिवेशन’ गरेर हलबाट नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा उठाएकी थिइन्। अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा मुछेर भ्रष्टाचार मुद्दा लगाएको थियो। विशेष अदालतले नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

तर नेकपा एसले भने नेपालमाथि राजनीतिक प्रतिशोधपूर्ण मुद्दा लगाइएको निष्कर्ष निकाल्दै अध्यक्ष पदबाट बाहिरिनु नपर्ने निष्कर्ष निकालेको थियो। नेकपा एसका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति निकालेले पार्टी नेतृत्व र निर्णयको भावनाबाहिर गएर अभिव्यक्ति नदिन चेतावनी पनि दिइसकेका छन्।