काठमाडौँ १९ असार / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।
यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुनको तोलामा १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै बुधबार २१ सय ४५ रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा २१ सय ७० रुपैयाँ कायम भएको छ।

