fbpx

काठमाडौँ २० असार / नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै कर्मचारीतन्त्रमा मात्र नभई राजनीतिमा समेत कुलिङ पिरियड आवश्यक रहेको बताएका छन् ।

नेता भट्टराईले नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेकोले त्यस्ताहरूका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ ।’

यस्तो व्यवस्था नभएको कारण कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र संवेदनशील पदमा पुगेको भन्दै उनले भने, ‘यो कटु यथार्थलाई मनन गर्दै राजनीतिमा पनि कुलिङ पिरियड राख्न जरुरी छ ।’

यसो हुन नसकेमा विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले राष्ट्रमाथि नै खतरा उत्पन्न गर्ने बताए । यस्तै नेता भट्टराईले ढिलोमा २०८३ मङ्सिर भित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गर्नुपर्ने बताए ।