fbpx

काठमाडौँ २१ असार / नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीलाई छलफल नै नगरी पदबाट हटाइएको घटनालाई लिएर असन्तुष्टि जनाउँदै नाउपा केन्द्र र प्रदेश दुवै सरकारबाट बाहिरिएको हो।

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी राज्यमन्त्री छन् । उनले आइतबार बालुवाटार पुगेर राजीनामा बुझाउने तयारी छ। नाउपाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिसकेको छ।