काठमाडौँ २१ असार / राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन्।
उनले उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई शनिबार सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।
मलेसियामा शनिबार भएको फाइनल खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

