fbpx

काठमाडौँ २२ असार / बागमती प्रदेशसभा बैठक आइतबार बिहान ११ बजे बस्नेगरी तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि आइतबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेकामा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक पक्षमा छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

बैठकमा मन्त्री काफ्लेले प्रदेशसभा सदस्यहरूको भावनाको कदर गर्दै विनियोजित बजेटलाई सन्तुलित र जनताको चाहनाअनुसार बहुवार्षिक योजना तथा भौतिक पूर्वाधार विकासलाई समानुपातिक रूपमा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताए ।