काठमाडौँ २२ असार / नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रदेश संसदीय दलको बैठकले आइतबार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। संसदीय दलका नेता धर्म बहादुर चौधरीले सरकारको काम कारबाहीमा आफ्नो पार्टीलाई स्थान नदिएको आरोप लगाएका छन्।
दलका नेता चौधरीले सरकारले आफूहरूको मागप्रति समुचित सम्बोधन नगरेको, बजेट निर्माणमा दललाई नजरअन्दाज गरेको र थप निरंकुश हुँदै गएको हुनाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।
यससँगै नाउपा संघ, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। यसअघि नाउपाले सुदूरपश्चिम र संघमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

