fbpx

काठमाडौँ २२ असार / शिक्षा, विज्ञान तथा प्रविधि समितिको आइतबार बसेको समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेकोले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । उनले शिक्षक महासंघसँग वार्ता जारी रहेको उल्लेख गर्दै विधेयक पास गर्नका लागि समय आवश्यक भएको बताएका थिए ।

अधिकांश बैठकमा सहभागी सांसदहरूले भने विधेयक आजै पारित गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि, समिति सभापति अम्मरबहादुर थापाले सरकारलाई पाँच दिनको समय दिइएको निर्णय सुनाए ।

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । विधेयकका केही विषयमा अझै सहमति नजुट्दा अन्तिम समयमा आएर समितिबाट पास हुन सकेको छैन ।