fbpx

काठमाडौँ २३ असार / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्‌मा जानकारी गराएका छन् । राष्ट्रसंघको विकास वित्त सम्बन्धी चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएको भ्रमणबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।

असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली भ्रमण सकेर यही असार २० गते स्वदेश फर्किएका हुन्। प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहिआएको छ।

सम्मेलनमा आफ्नो सहभागीताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुको साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे।