काठमाडौँ २५ असार / साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो ।
बुधबार ३१६ कम्पनीका ६२ हजार ८८४ पटकको कारोबारमा एक करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ रहेको छ ।
१९९ कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको घटेको छ । यसअघिका दुई दिनमा बजार सामान्य घटेको थियो । त्यसअघि ७ दिन बढेको बजारले दुई दिनको स्थिरतापछि फेरि सुधारको बाटो लिएको हो ।

