fbpx

काठमाडौँ २६असार / राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज लक्षित दुई गीतलाई प्रतिबन्ध लगाउन माग गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले ती गीतले मौलिक परम्परलाई प्रहार गरेको भन्दै प्रतिबन्धको माग गरेको हो । गाई कालो, गाईको दुध सेतो र सल्ला दमारमा बोलका यि दुई गितलाई प्रतिबन्ध लगाएको हो ।

‘गाई कालो’ गीत धुर्व पुन र चन्द्र कुमारी शाहीले गाएका छन्। राजकुमार वली, अस्मिता थापा र सक्ष्मी बापाको स्वरमा ‘सल्ला दमारमा’ गीत केही दिनअघि सार्वजनिक भएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि यस पर्वको नाममा बजारमा आइरहेका गीत/संगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गम्भीर चिन्तित र सतर्क रहेको छ।’

पछिल्ला वर्षमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादा विपरीत अश्लील र विकृत गीतसंगीत उत्पादन तथा प्रसारण गरिरहेको र यो निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेलाई कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्यूरो, कलाकार संगठन लगायतलाई आग्रहसमेत गरेको छ।