काठमाडौँ २७ असार / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वैदेशिक रोजगारलाई ‘पलायन’ भन्ने भाष्य खडा गरेको भन्दै आपत्ति जनाएका छन् ।
सचिव पुष्करले पछिल्लो समय नेपालमा ‘एउटा गलत न्यारेटिभ्स देखिएको छ तर वैदेशिक रोजगार पलायन होइन श्रम आप्रवासन पलायन, पलायन, पलायन भन्ने गरिएको छ बुझेर हो कि नबुझेर हो हामीलाई थाहा छैन भनेका छन् ।
यस्तो भाष्य ठूला बडाहरूले फैलाउने गरेको उनको आरोप छ । उनले प्रश्न गरे, ‘ठूला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ?’
उनले शोसकहरूले आर्थिक अवस्था कमजोर रहेका सोझासाझा जनताहरूलाई शासन गर्ने संयन्त्रका रूपमा नभई षड्यन्त्रका रूपमा लिने गरिएको बताए ।
उनले अध्यागमनको तथ्यांकअनुसार करिब ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको बताएक छन् ।

