काठमाडौँ २७ असार / टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको नयाँ नेपाली फिल्म ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ ।सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ । बिष्णु माया मैनाली तथा वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो ।
यो फिल्ममा अशोक दर्जी,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, एआर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी,आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
अशोक दर्जीको आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ को गीतमा टंक बुढाथोकीको संगीत रहेको छ ।
फिल्मलाई टंक बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जीपी संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ

