fbpx

काठमाडौँ २७ असार / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको यो ५९ औं मौद्रिक नीति हो । बिहीबार साँझ मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो।

आज बस्ने सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक हुनेछ। राष्ट्र बैंकले उक्त नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत् सार्वजनिक गर्ने जनाएको छ।

औद्योगिक क्षेत्रको प्रयोगको क्षमता ४० प्रतिशतभन्दा कम भएको छ । राज्यको राजस्व कुल ग्राह्सथ्य उत्पादन (जि.डि.पि.) को १५ प्रतिशतले हस आएको छ । उपभोक्ताको मनोबल खस्किएको अवस्था छ । मुलुकमा व्याप्त यी आर्थिक तनावलाई सन्तुलनमा राख्न सक्ने मौद्रिक नीतिको अपेक्षा गरिएको छ ।