fbpx

काठमाडौँ २८असार / प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको सामाजिक सञ्जालमार्फत बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन हुनुपूर्व ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा यसवर्ष ४ दशमलव ६१ पुगेको उनले सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रका १८ वटा सूचकहरु सकारात्मक रहेका जनाउँदै आर्थिक उन्नयनका निम्ति सरकार क्रियाशील रहेको बताएका छन् । ‘हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौँ’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

शिक्षा, स्वास्थ्य सेवा, सूचना प्रविधि, व्यापार, प्रशासनिक सेवा, निर्माण, उद्योग, विद्युत् तथा ग्यास, खानी, यातायात, बैंक तथा बीमा, औद्योगिक उत्पादन, घरजग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा र आवास क्षेत्रका सूचक सकारात्मक रहेको बताएका छन् ।