fbpx

काठमाडौँ २९ असार / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको आठसय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको एक लाख ९२ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। व्यवसायीले सञ्चालन गरेको आन्दोलनको कारण असार १९ गतेदेखि २६ गतेसम्म सुनचाँदीको मूल्य सार्वजनिक भएको थिएन। सरकारसँग सहमति भएपछि व्यवसायीले गएको शुक्रबारदेखि फेरि सुनचाँदीको मूल्यसूची सार्वजनिक गर्न थालेका हुन्।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर आज चाँदीको मूल्य दुई हजार दुईसय ८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।