fbpx

काठमाडौँ २९ असार / युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन्। अमेरिकाले केहि हप्त्ता महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेपछि युक्रेनमा हतियारको पुनः आपुर्ति सुचारु गरेको हो ।

अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको समयमा यो कदम उठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नेटोसँग सम्झौता गरेको एनबीसी न्यूजलाई बताए। यसमा युक्रेनले गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली प्राप्त गर्नेछ।

रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय लिइएको हो। जेलेन्स्कीले हतियारको आपूर्ति बन्द भएमा युक्रेनको सुरक्षामा असर पर्ने चिन्ता व्यक्त गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नेटोमार्फत हतियार पठाउने बताएका थिए । जसअन्तर्गत युक्रेनले नेटो गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली पाउनेछ।