fbpx

काठमाडौँ ३० असार / इजरायलबीच र इरान बीच गत महिना भएको १२ दिने युद्धमा इरानी राष्ट्रपति मसूद पाज्स्कियान घाइते भएको खबर बाहिरिएको छ ।। जुन १६ मा इजरायली आक्रमणमा उनी घाइते भएको इरानी समाचार एजेन्सी फार्सले जनाएको छ ।

रिपोर्ट अनुसार, इजरायलले जुन १६ मा तेहरानको पश्चिमी भागमा रहेको एक भवनमा ६ वटा मिसाइल प्रहार गरेको थियो। त्यतिबेला भवनमा देशको सर्वोच्च राष्ट्रिय सुरक्षा मन्त्रिपरिषद्को बैठक भइरहेको थियो ।

राष्ट्रपति पज्स्कियानसँगै इरानको संसद्‌का सभामुख मोहम्मद बाघेर गालिबाफ, न्यायपालिका प्रमुख गुलाम-हुसेन मोहसेनी एजेई र अन्य धेरै वरिष्ठ अधिकारीहरू पनि बैठकमा उपस्थित थिए । यद्यपि, तिनीहरू सबै भवनको तल्लो तल्लामा उपस्थित थिए, त्यसैले आक्रमणले उनीहरूलाई धेरै असर गरेन । त्यसैले सबैजना आपतकालीन ढोकाबाट भाग्न सफल भएको रिपोर्टमा उल्लेख छ ।

आक्रमणपछि भवनको बिजुली पनि काटिएको थियो तर राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरू त्यहाँ पहिले नै बनाइएको आपतकालीन गेटको मद्दतले भाग्न सफल भएका थिए । भाग्ने क्रममा राष्ट्रपति पजाश्कियानको खुट्टामा चोट लागेको थियो । अन्य अधिकारीहरूलाई पनि सामान्य चोटपटक लागेको समाचारमा उल्लेख