काठमाडौँ ३० असार / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ। यसैगरी बैठकमा सरकारका नियमित कामकारवाही र नियुक्ति गरिने बुझिएको छ।

