fbpx

काठमाडौँ ३० असार / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न नेकपा एमालेका सांसद किरणकुमार साहले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरे ।

साहले गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक हुँदासम्म सरकार किन मौन बसेको छ भन्दै प्रश्न गरे । दुनियाँले सुनेको अडियो सरकारले नसुनेर लोकतन्त्रको अपमान गरेको आरोप साहले लगाए ।

दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ता ज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् साहले भने।

सदनमा आज अर्को सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि मन्त्री गुप्ताको अडियो वास्तविक हो कि होइन, छानबिन गर्न माग गरेकी थिइन् ।