fbpx

दार्चुला ३२ असार / भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ।

भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) हुन लागेको पञ्चायत निर्वाचनका कारण सीमा नाका बन्द हुन लागेको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्यालाई ध्यान दिँदै सीमानाका बन्द गर्ने सहमति भएको बताइएको छ । बैठकमा दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भारतको पिथौरागढ जिल्लाका डिएम र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।