काठमाडौँ ३२ असार / राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी दिए पनि उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो ।
न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए । यसअघिका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो ।

