काठमाडौँ ३२ असार / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।
मन्त्री पौडेलले हामीले आवश्यकता अनुसार यसलाई महसुस गरेको स्थिति छैन, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ’ मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो उनले भने ।’
परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभावित भएको स्थिति छ । वर्षेनी बढिरहेको छ ।’ उनले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि उनले चेतावनी दिए ।
‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने ? निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ,’ उनले भने, ‘निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदराजमा धेरै समस्या छ ।’
‘खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ ?’ उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकारे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताए ।


