fbpx

काठमाडौँ ३२ असार / अनलाइन बजार दराज नेपालले ग्राहकहरूका लागि साउन २ देखि १५ गतेसम्म सञ्चालन हुने गरि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ। ग्राहकहरूले सामान खरिदमा ८० प्रतिशतसम्मको छुट, निशुल्क डेलिभरी र दुई करोड रुपैयाँ बराबरको भौचर लगायतका लाभ लिन सक्नेछन्।

यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरू मा प्लेटिनम पार्टनरका रुपमा रहेका सिताफिल, किक, एइविबी, मार्सियो र युनिलिभर मार्फत २५ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनरहरू, र्‍होटो, एंकर र मम्बड्स मार्फत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले दश हजार चार सय ९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल आठ रूपैयाँमा खरिद गर्न सक्नेछन्।

त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोसिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाइटेक्स, अलेवा लगायत सयभन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६० प्रतिशतमा छुटमा उपलब्ध हुनेछ।

सेलको मुख्य आकर्षणका रुपमा आठदेखि आठ हजार आठ सय ५८ सम्मका मेगा डिलहरूमा आठ, ४८, आठ सय ४८ र आठ हजार आठ सय ५८ रूपैयाँमा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ।

यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरिएको छ। यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि १५ प्रतिशत, र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १० प्रतिशतसम्म छुट पाइने छ।

यो योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी छन्।

महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ। जसअन्तर्गत १ लाख रूपैयाँ भन्दा बढी खर्च गर्ने ग्राहकले १० हजार छुटको भौचर प्राप्त गर्न सक्नेछन्।

बैंक अफर, दैनिक फ्ल्याश सेल, ईसेवा छुट र मेगा डिलहरूका साथमा आयोजना गरिने यो महाबचत बजार महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त रहेको छ ।