fbpx

काठमाडौँ १ साउन / कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ । पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो । यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो । माथिल्लो कर्णालीमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ ।