काठमाडौँ १ साउन / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दै छ ।
एमाले सचिवालय बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिइएको छ । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको बुझिएको छ ।
यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
आज बस्ने एमाले सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने बुझिएको छ । यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

