fbpx

एजेन्सी २ साउन / अमेरिकाले आतंकवादी संगठन लश्कर-ए-तैयबासँग सम्बन्धित द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई विदेशी आतंकवादी संगठन घोषित गरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार जानकारी दिएका छन् ।

यो त्यही संगठन हो जसले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जिम्मेवारी लिएको थियो। यस आक्रमणमा २६ जनाको मृत्यु भएको थियो। रुबियोले भने, ‘यो कारबाहीले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलगाम आतंकवादी हमलाको न्याय प्राप्त गर्ने प्रतिबद्धतालाई देखाउँछ।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पहलगाम आतंकवादी हमला २००८ को मुम्बई आक्रमणपछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा ठूलो आतंकवादी हमला भएको बताए। उनले यो कारबाही अमेरिकाको राष्ट्रिय सुरक्षा, आतंकवाद विरुद्धको लडाई र भारतसँगको सहकार्यको प्रमाण भएको जिकिर गरे।

रुबियोले टीआरएफलाई विशेष रूपमा तोकिएको विश्वव्यापी आतंकवादीको रूपमा पनि तोकिएको छ। टीआरएफ र यससँग सम्बन्धित सबै नामहरू अब एलईटी आतंकवादी सूचीमा समावेश गरिएका छन्। उनले भने, अमेरिकाले एलईटीको आतंकवादी संगठनको रूपमा अवस्थित पहिचान पनि कायम राखेको छ।