काठमाडौँ ३ साउन / राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा] ले आफ्नो पार्टीका सबै तहका नेता तथाकार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा बोल्दा ख्याल गर्न सुझाएका छन् ।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई अनुरोध गरिएको छ ।’
राप्रपाका कतिपय नेताहरूले वक्तव्य नै निकालेर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरेका छन् । पार्टीले गरेको अनुशासनको कारबाही लगायतका बिषयमा कतिपयले विरोध जनाउँदै आएका छन् ।

